माघ १५,धनगढी: बिहिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुन गैरहेको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको लागि मैदानमा दर्शकले निशुल्क प्रवेश पाउने भएका छन । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार एक विज्ञप्ती जारी गर्दै सिरिजका खेल हेर्न दर्शकलाई कुनैपैंसा नलाग्ने जानकारी गराएको छ । अब दर्शकले सिरिजभरी ढुक्कका साथ निशुल्क मैदानमा खेल हेर्न पाउनेछन ।

सिरिजको उद्घाटन खेलमा घरेलु टोली नेपाल र नेदरल्याण्ड्स भिड्ने छन् । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि ट्वान्टी आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो । विश्वकप २०२७ को छनोटको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका लागि विशेष प्याकेजका साथ काम गरिरहेको क्यनका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन । उनले महिला र पुरुष खेलाडी देशका लागि उत्तिकै महत्वपूर्ण रहेको भन्दै दुवैलाई उत्तिकै महत्व दिइरहेको विभिन्न ठाउँमा बताउँदै आएका छन । नेपालले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ भने नेदरल्याण्ड्स र थाइल्याण्ड पनि त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको लागि आफ्नो उत्कृष्ट टिम घोषणा गरिसकेको छ ।
नेपालीको १५ सदस्सीय टोली
कप्तान इन्दु बर्मा, रुविना क्षेत्री,सीता रानामगर, विन्दु रावल, पूजा महतो,रेवती धामी, कविता कुँवर,सम्झना खड्का, ममता चौधरी,राजमति ऐरी, रोमा थापा, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, एलिशाकुमारी यादव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?