You are currently viewing नेपालमा आत्महत्याको अवस्था बढ्दोः एक वर्षमै ७ हजार ५५ जनाले ज्यान गुमाए

नेपालमा आत्महत्याको अवस्था बढ्दोः एक वर्षमै ७ हजार ५५ जनाले ज्यान गुमाए

२असोज,धनगढीः नेपालमा आत्महत्याको समस्या बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँद्वारा सार्वजनिक गरिएको विवरणअनुसार आर्थि वर्ष २०८१/८२ मा मात्र ७ हजार ५५ जनाले आत्महत्या गरेका छन्।
प्रदेशगत विवरणमा कोशी प्रदेश सबैभन्दा अगाडि रहेको छ, जहाँ १४७५ जनाले आत्महत्या गरेका छन्। बागमतीमा १३७६ लुम्बिनीमा १,३३२, मधेसमा १,२६०, गण्डकीमा ६४८, सुदूरपश्चिममा ६१४, र कर्णालीमा ३१७ जनाले आत्महत्या गरेका छन्।
गत एक दशकको तथ्यांक हेर्दा पनि आत्महत्या गर्नेहरूको संख्या बढ्दो क्रममा छ। २०७२/७३ मा ४,६८० जनाले आत्महत्या गरेका थिए भने २०७३/७४ मा ५,१२४जना, ०७४/७५मा ५,३१७ जना, ०७५/७६ मा ५,७५४ जना, ०७६/ ७७ मा ६,२७९ जना, ०७७/७८ मा ७,१४१ जना, ०७८/७९ मा ६,८३० जना,०७९/८०मा ६,९९३ जना,०८०/८१ मा ७,२२३ जनाको संख्या पुगेको थियो। यस्तै ०८१/८२मा ७,०५५ जनाको संख्या पुगेको छ ।

विशेषज्ञहरूका अनुसार मानसिक तनाव, आर्थिक समस्या, पारिवारिक तनाव तथा जीवनप्रति असन्तुष्टि आत्महत्याका प्रमुख कारण रहेको बताउछन् ।

समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न केही उपायहरू सुझाइएको छ। जसमध्ये उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने, आत्मघाती भनाइलाई हल्का रूपमा नलिने, ‘तिमी एक्लै हैनौ’ भन्ने अनुभूति गराउने, व्यक्तिको भावनालाई महत्व दिने तथा आवश्यक परे हेल्पलाइन नम्बर ११६६ मा सम्पर्क गर्न सकिने उल्लेख छ। नेपाल सरकारले आत्महत्या रोकथामका लागि राष्ट्रिय निःशुल्क हेल्पलाइन (११६६) सञ्चालनमा ल्याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply