You are currently viewing नेपाललाई पहिलो झड्का,अनिल शाह रन आउट

नेपाललाई पहिलो झड्का,अनिल शाह रन आउट

असोज १६,धनगढी : क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपाललाई पहिलो झड्का लागेको छ । ओपनर अनिल कुमार शाह ११ रन बनाएर रन आउट भएका छन । उनले ४ बलमा १ छक्का र १ चौका प्रहार गरे । अहिले ताजा अवस्थामा नेपालले ३ ओभरमा १ विकेट गुमाएर २९ रन जोडेको छ । कृजमा आशिफ शेख ९ बलमा १० रन र देख खनाल ७ बलमा १० रन बनाएर खेलिरहेका छन ।

उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा हुँदैछ ।३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपाल ओमानलाई हराउँदै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । ओमानसँगको यो खेलमा पराजित भए नेपालको उपाधि सम्भावना समाप्त हुनेछ ।

 

यो खेलमा जित हासिल गरेमा बिहीवार हुने ओमान र क्यानडाबीचको खेलबाट नेपालको उपाधि सम्भावनाबारे स्पष्ट हुन्छ । ओमानले सानो अन्तरमा क्यानडालाई हराएमा नेपालले उपाधि जित्नेछ । क्यानडा विजयी भएमा घरेलु टोली नै च्याम्पियन हुनेछ ।नेपालले सोमवार ओमानलाई ३७ रनले हराएको थियो । आज पनि सोही नतिजा दोहोर्याउने लक्ष्यमा नेपाल रहेको छ । नेपाल क्यानडासँग दुवै खेलमा पराजित भएको थियो।

Leave a Reply