जेठ १९,धनगढी : नेपालले लगातार तेश्रो र चौथो विकेट गुमाएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्याण्ड विरुद्ध ब्यार्टिङ गरिरहेको नेपालले भिम सार्कीको रुपमा तेश्रो विकेट गुमाएको छ भने कप्तान रोहित पौडेलाई चौथो विकेटको रुपमा गुमाएको छ ।

४८ बल सामना गरेका सार्कीले ४० रन बनाएर आउट भएका छन । कप्तान रोहित कुमार पौडेल ३७ रन बनाएर आउट भएका छन । अहिले क्रिजमा आरिफ शेख र दिपेन्द्र सिंह ऐरी रहेका छन । नेपालले ३० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएर खेलिरहेको छ । अब नेपाललाई जितका लागि १९ ओभरमा १३७ रन आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?