मंसिर ७,धनगढी : नेपाललाई सन २०२५ को यु १९ विश्वकप र एसिया कपमा पु¥याउन महत्वपूर्ण योगदान गरेका नेपाली यु १९ महिला टोलीकी मुख्य सदस्य साबित्री धामी,स्नेहा महारा र मनिषा उपाध्याय नगद सहित सम्मान गरिएको छ ।
धनगढी २ सन्तोषीटोलमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमीले शुक्रबार खेलाडीहरु धामी,महरा र उपाध्याय तथा सहायक प्रशिक्षक जानकी भट्टलाई जनही २५ / २५ हजारका दरले सम्मान गरेको हो । सम्मानित हुन मध्ये खेलाडी मनिषा उपाध्याय तथा सहायक प्रशिक्षक जानकी भट्ट सुदूरपश्चिमाञ्चल एकेडेमीकै विद्यार्थी हुन । मनिषाले प्लस टु तथा जानकीले स्नातक एसपिएबाट पढेकी हुन ।
सम्मानपछि बोल्दै सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले खेलाडीहरुको अथक मेहनेतले नेपाल विश्वकपको यात्रामा पुग्न सफल भएको भन्दै उहाँहरुलाई थोरै भएपनि हौसला मिलोस भनेर क्याम्पसले नगद सहित सम्मान गरेको बताए । उनले सुरुसुरुमा सपना ठूलो देख्दा मान्छेले गिज्याए पनि लगनशिल भएर निरन्तर खटिरहने हो भने सफलता टाढा नरहेको बताए । शाहीले अब विश्पकप छनोट मात्र नभई जित्नेगरी नै तयारी गर्नपर्ने समेत बताए । त्यस्तै क्याम्पस प्रमुख योगराज गौतमले सुदूरपश्चिमाञ्चल एकेडेमी र खेल पर्यायवाची नै भएकाले सुदूरपश्चिबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सुदूरपश्चिमको शिर उचो गर्नै खेलाडीलाई कलेजले सधै हौसला दिइरहेको बताए । उनले एसपिए कलेज समाजका हरेक सकारात्कम कार्यहरुमा हिस्सेदार बन्न खोजिरहेकोले प्रदेशकै गौरव गर्ने लायक शैक्षिक संस्थाको रुपमा स्थापित भैरहको बताए ।
सम्मानपछि बोल्दै खेलाडी मनिषा उपाध्यायले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण पढाइ अगाडी बढाउन गाहृो भैरहेको बेला एसपिए कलेजले छात्रवृति दिएर आफूलाई पढ्न सजिलो भएको बताइन । खेलाडी दव्य स्नेहा महरा र साबित्री धामीले नगद सहित सम्मान गरेकोमा कलेजलाई धन्यवाद दिएकी छन । उनीहरुले यस्ताखाले सम्मानले आफूहरुको आत्मविश्वास थप बढ्ने गरेको बताइन । सहायक प्रशिक्षक जानकी भट्टले आफूले माया,हौसला ,सहयोग सबथोक पएको भन्दै एसपिएकै कारण आज यो ठाउँमा रहेको बताइन ।कलेजका क्रिटिभ डायरेक्टर तारा रोस्याराले सञ्चालन गरेको सम्पान कार्यक्रममा सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख,निर्देशक,कोडिनेटर तथा प्राध्यापक एवं सयौंको संख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
भिडियो हेर्नुहोस