वैशाख ३,धनगढी : अफगानिस्तानले आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेपछि नेपालसँगको शनिबारको खेल निर्णायक बन्न पुगेको छ । बुधबार यूएई डिएल पद्दतिमा १८१ रनले पराजित भएसँगै नेपाल र अफगानिस्तानबीचको खेल निर्णायक हुने भएको हो ।
तेस्रो खेलमा अफगानिस्तानले ४ विकेट गुमाएर ३५९ रन बनायो । उसका लागि खालिद अहमदजाईले शतक भने उजेरुल्ला नियाजाई, बर्कत इब्राहिमजाई र कप्तान महबुब खानले अर्धशतक प्रहार गरे ।३६० रनको लक्ष्य पछ्याएको यूएई २८ ओभरमा ९५र४ को अवस्थामा हुँदा पानी परेर खेल रोकिएको थियो । पछि ४७ ओभरमा घटाइएको खेलमा यूएईलाई ३४९ रनको लक्ष्य दिइयो । तर, टोलीले ४७ ओभरमा ७ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । अब शनिबार हुने खेलको विजेता टोली २०२६ यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।