कार्तिक ४ धनगढी : नेपालले अमेरीकालाई सुपर ओभरमा हराएको छ । अमेरीकाको ग्राण्ड पेरी स्टेडियम टेक्सासमा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । २० ओभर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनायो । नेपालका लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका भुर्तेलले आक्रामक ब्याटिङ गरे । उनले ५४ बलमा ७ चौका र ६ छक्काको मद्दतले ९२ रनको अविजित पारी खेले । ओपनर आशिफ शेख सस्तैमा आउट भएर दबाबमा रहेको नेपालको इनिङ उकास्ने क्रममा भुर्तेलले ३३ बलमै अर्धशतक हिर्काएका थिए । नेपालका लागि ओपनर अनिल शाह २५,आशिफ शेख १ र गुल्शन झाले १९ रनको पारी खेले । त्यस्तै कप्तान पौडेल ११ बलमा १६ रन,दिपेन्द्र सिंह ऐरी २ रन,आरिफ शेख १ रन र करण केसी ६ रनमा अविजित रहे । अमेरिका लागि जस्दिप सिंह र केन्जिगेले २ / २ तथा सौरभ नेत्रवलकरले १ विकेट लिए । नेपाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेका अलि खान भने विकेटविहिन रहे ।

१७१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरीकाले २० ओभरमा १७० रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो । अमेरीका लागि आन्द्रेज गौसले ६२ रनको पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन । ओपनर ब्याट्सम्यान मुक्कामालले ४७ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनिय योगदान दिन सकेनन । सुरुवातमा केहि प्रेसरमा देखिएका नेपाली बलरहरुले अन्त्यमा उत्कृष्ट बलिङ गरे । करन केसीले ३ तथा सोमपल कामीले २ विकेट लिए भने सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले १/ १ विकेट लिए । अन्तिम ओभरमा अमेरीलाई ७ रन चाहिको थियो तर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै केबल ६ रन खर्चदै आक्रामक आन्द्रेज गौसलाई कुशल भुर्तेल मार्फत बाउण्ड्री लाइमा क्याच आउट गराए । त्यसपछि बचेको अन्तिम बलमा जस्दिप सिंह दुइ रन हिकाउन चाहान्थे तर दिपेन्द्र सिंह ऐरीले थ्रो फ्याक्दै विकेट विकेट किपर आशिफ शेख मार्फत रन आउट गराएर खेल सुपर ओभरमा गयो ।

सुपर ओभरमा ब्याटिङ गर्न आएका आक्रामक आन्द्रेज गौस र सायन जहन्गिरले सुरुका दुइ बलमा १ / १ रन जोडे । त्यपसछि सुरुमा सोमपाल कामीले सायन जहन्गिरलाई पवेलियन फर्काए भने त्यसपछि लगत्तै ओभरको चौथो बलमा आरोन जोन्सलाइ आउट गराए र नेपालले मात्र ३ रनको लक्ष्य पायो । ३ रनको लक्ष्य नेपाले सजिलै पूरा ग¥यो । ब्याटिङ गर्न क्रिजमा आएका कप्तान रोहित पौडेल र कुशल भुर्तेलले सम्हालिएर ब्याटिङ गर्दे अमेरिका विरुद्ध एक खेल अगावै नेपालले ऐतिहासिक टि२० सिरिज जितेको छ ।

एक दिवसियमा नेपाल र अमेरीका थुप्रैपटक आमुन्ने सामुन्ने भएपनि टि-२० आइमा भने यो पहिलो सिरिज हो । तेश्रो तथा अन्तिम खेल कार्तिक ५ गते हुनेछ । यो सिरज पछि नेपालले अमेरीकामै विश्व क्रिकेट डिभिजन लिन अन्तर्गत तेश्रो चरणमा स्कटल्याण्ड र अमेरीका विरुद्ध खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?