You are currently viewing नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य / @U19Asiacup2024

नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य / @U19Asiacup2024

पौष २,धनगढी : मलेसियामा जारी एसिसि यु-१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाउँदै ९४ रन बनायो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी थिईन् । अलिसा कुमारी यादवले ९ बलमा ४ चौकाको सहयोगमा ९ रनमा नट आउट रहिन् ।ओपनर साना प्रविन ९, उपकप्तान सोनी पाख्रिन ८ तथा ज्योत्सिका मरासिनी ६ रनमा आउट भईन् । भारतका लागि पुरोनीका सिसोदीले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिईन् । आनन्दिता किशोरीले १ विकेट लिईन् ।

पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जीत निकालेको नेपाल सुपर चारमा रहेर सेमिफाइनल पुगिसकेको छ भने पाकिस्तान भने लगातार दुइ हारका साथ सेमिफाइनलमा पुग्न असफल भएको छ भने भारतले पनि पाकिस्तानलाई हराएसँगै सुपर ४ मा स्थान पक्का गरिसकेको छ ।

Leave a Reply