You are currently viewing नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

४असोज,धनगढीः आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि नेपाल महिला राष्ट्रिय क्रिकेट टोली मलेसिया प्रस्थान गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले अक्टोबर २ देखि ८ सम्म मलेसिया महिला राष्ट्रिय टोलीसँग पाँच वटा टी–२० आई सिरिज पनि खेल्ने तय भएको छ।


नेपाली टोलीकी कप्तान इन्दु वर्मासहित रुबिना क्षेत्री, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, कविता जोशी, यशोदा बिस्ट, रुबी पोद्दार, सावित्री धामी, कविता कुँवर र सिता रानामगर छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply