You are currently viewing नेपाली अन्डर १९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य साउँद गृहपालिकामा नगद सहित सम्मानित /@NarenSaud

नेपाली अन्डर १९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य साउँद गृहपालिकामा नगद सहित सम्मानित /@NarenSaud

पौष २८,धनगढी : नेपाली अन्डर-१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा सुदुरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपीएलमा )मा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर नरेन साउँद गृहपालिकामा सम्मानित भएका छन्।

उनको गृहपालिका बडिकेदार गाउँपालिकाले शुक्रबार सुरु भएको बडीकेदार गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर नगद ३ लाख ५५ हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरेको हो ।

डोटीको पनि दुर्गममा क्षेत्रमा जन्मिएर खेलमार्फत पालिकालाइ देश विदेशमा चिनाउन सफल भएको भन्दै नरेनलाई नगद सहित सम्मान गरेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले बताएका छन ।

क्रिकेटर नरेन साउदले आफ्नै गृह पालिकामा सम्मानित हुन पाउँदा खुशी लागेको बताउदै उनले यस्ता सम्मानले आफ्नो खेल जीवन अगाडी बढाउन ठ्रलो सहयोग पुग्ने बताएका छन । विगत १ एक दशकदेखि क्रिकेट खेलमा सकृय रहेका साउँद पछिल्लो दुई वर्षमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन । उनले अघिल्लो प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगीता,त्यसैगरी विराटनगरमा सम्पन्न अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगीता ,अन्डर-१९ एसिया कपमा सम्झनलायक प्रर्दशन गरेका थिए । यसैवर्ष काठमाण्डौंमा सम्पन्न पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा आफ्नो डेब्यु खेलमै ५ विकेट चट्काउँदै शनशनी मचाएका थिए ।

Leave a Reply