You are currently viewing नेपाल नामिबियासँग पराजित,फाइनल पुुग्ने सम्भावना कमजोर बन्दै /@NepaliWomenCricket

नेपाल नामिबियासँग पराजित,फाइनल पुुग्ने सम्भावना कमजोर बन्दै /@NepaliWomenCricket

फाल्गुन २८,धनगढी : युगान्डामा जारी वुमन्स डे टी–२० कपमा नेपाली टिमले तेस्रो हार व्यहोरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा नेपालले नामिबियासँग २३ रनको हार व्यहोरेको हो । यो हारसँगै नेपाललाई फाइनल पुग्न सकस भएको छ । ४ खेलमा एउटा मात्रै जित निकालेको नेपाल अंकतालिकाको पुछारमा रहेको छ । ४ खेलमा २ जीतका साथ पहिलो,युगाण्डा र हङकङ समान ३ खेलमा २ जीतका साथ दृतिय र तृतिय स्थानमा रहेका छन ।

खेलमा नामिबियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि पाँच विकेट गुमाएर १०२ रनमात्र बनाउन सक्यो ।नेपालबाट साना प्रविनले सर्वाधिक ३१ रन बनाइन् । कविता जोशीले १७ रन थप्दा पूजा महतो र कप्तान इन्दु वर्माले समान १५ रन जोडिन् । नामिबियाकी एभेलिन केजारुकुयाले दुई विकेट लिइन् । विल्का एमवाटिल, साइमा तुहादेलेनी र मेकेलया एमवाटिलले समान एक विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको थियो । यसअघि, नामिबियासँगको पहिलो भेटमा पनि नेपाल ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपालले तेस्रो खेलमा हङकङसँग दुई रनको हार व्यहोरेको थियो ।

Leave a Reply