You are currently viewing नेपाल पत्रकार महासंघ कैलालीको अन्तिम नतिजा सार्वजनिक,सचिवमा तेज भट्टको बाजी

नेपाल पत्रकार महासंघ कैलालीको अन्तिम नतिजा सार्वजनिक,सचिवमा तेज भट्टको बाजी

मंसिर २९,धनगढी: नेपाल पत्रकार महासंघ कैलाली शाखाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । शुक्रबार धनगढीमा सम्पन्न निर्वाचनबाट उपाध्यक्ष,सचिव,कोषाध्यक्ष,सह सचिव ( समावेशी ),खुल्ला सदस्य,महिला सदस्य र दलित सदस्य पदका लागि निर्वाचन भएको थियो । अध्यक्षमा भने प्रेस सेन्टरका टंक कुँवरले उमेवदारी फिर्ता लिएपछि नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उमेदवार श्रवण देउवा,महिला उपाध्यक्षमा भावना जोशी,सह सचिवमा शंकर बोहरा र त्यस्तै आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी मंसिर २७ गते नै निर्विरोध निर्वाचित भएका थिए ।

सनिवार अबेर राती सार्वजनिक भएको अन्तिम मत परिणामा अनुसार नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उमेदवार भोजराज रोस्यारा १०३ मतका साथ विजयी भएका छन ।उनका निकटतम प्रतिद्धन्द्धि झलनाथ खनालले ४१ मत प्राप्त गरे । त्यस्तै सचिवमा आश्चर्यजनक नतिजा र्आएको छ । कैलाली शाखाको सचिवमा प्रेस सेन्टरबाट उमेदवारी दिएका तेज भट्टले नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उमेदवार शुशिल ढ्ंगानालाई लोकप्रीय मतका साथ पराजित गर्दै बाजी मारेका छन । भट्टले १०१ मत प्राप्त गरेभने ढुंगानाले मात्र ४७ मत प्राप्त गरे । लोकप्रीय छवि बनाएका नयाँ पत्रिका दैनिकमा कार्यरत भट्ट प्रेस सेन्टर कैलालीका अध्यक्ष पनि हुन ।

त्यस्तै ,सह सचिव ( समावेशी )मा निराजन परियार ७९ मतका साथ विजयी भएभने निकटतम प्रतिद्धन्द्धि सुरेन्द्र ताम्राकारले ५३ मत प्राप्त गरे । कोषाध्यक्षमा सुनिल आउजी दोहोरिएका छन । आउजीले ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धि घनश्याम पौडेलले ४४ मत प्राप्त गरे । खुल्ला सस्यमा भने कडा प्रतिस्पर्धा भएको थियो । खुल्ला सदस्यमा अत्तरीयाका बालकृष्ण ओझा सर्वाधिक १०४ मतका साथ विजयी भएका छन भने कैलाश जोशी ( दोश्रो कार्यकाल ) ९८,दिनेश बिस्ट ९४,गगन अएडी ८५,रतनलाल चौधरी ८४,बिरेन्द्र शाह ७४,लोकुसिहं ठकुरी ६९ र चन्द्र प्रकाश खनालले ६८ मत प्राप्त गर्दै खुल्ला सस्यमा निर्वाचित भए ।

त्यस्तै महिला सदस्यमा अनिता चौधरीे ८७ मतका साथ विजयस् भइन भने निकटतम प्रतिद्धन्द्धि रमा चन्दले ५२ मत प्राप्त गरिन । दलित सदस्यमा विवेक नागरीे ७७ मतका साथ विजयी भएभने उनका निकटतम प्रतिद्धन्द्धि मंगल बिकले ५२ मत प्राप्त गरे । त्यस्तै केन्द्रिय पार्षद सदस्यहरुमा हिमाल जोशी,दिपक उपाध्याय नेपाल,एकिन्द्र तिमिल्सिना,भिष्मराज ओझा र लिलाजंग शाही निर्वाचित भएका छन । कैलालीमा पनि देशभर जस्तै प्रेस युनियन र प्रेस चौतारी बीच गठबन्धन भएको थियो । प्रदेशको अन्तिम मत परिणाम आउने क्रम जारी नै रहेको छ ।प्रदेशमा भरत शाह प्यानल र मिन बम प्यानल चुनावी मैदानमा होमिएका छन

Leave a Reply