फाल्गुन १७,धनगढी : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा नर बहादुर नेगी निर्वाचित भएका छन । धनगढीमा आज सम्पन्न संघको १६ औं वार्षिक साधारण सभा तथा ८ आठौं अधिवेशनले अध्यक्ष नेगी सहित सम्पुर्ण कार्य समिति निर्विरोध चयन गरेको छ ।
विगत डेढ दशकदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सकृय रहेका नेगी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको कोषाध्यक्ष,उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्ष रहेका नेगीको कमानमा अब जिल्ला अध्यक्षको जिम्मेवारी आइपुगेको छ । नेगी ट्रेड एण्ड सप्लायर्सको रुपमा धनगढी चौराह र क्याम्पस रोडमा गरी दुइओटा व्यवसायिक फर्म सञ्चालनमा रहेका छन । अब कैलाली भरीका सबै व्यवसायीहरुलाई एकताबद्ध बनाएर लैजाने र व्यवसायीहरुको हकहितका लागि उचित कदम चाल्नुपर्ने चुनौती र आफ्नो कार्यकालमा उदाहरणीय कार्य गर्दै आफ्नो परिचयलाई फराकिलो बनाउने सुनौलो अवसर पनि नेगीसँग छ ।
यसैगरि संघको बरिष्ठ उपाध्यक्षमा निम प्रसाद मिश्र, उपाध्यक्षमा विवेकानन्द ठाकुर, सचिवमा कृष्ण प्रसाद पण्डित र कोषाध्यक्षमा घनश्याम ओझा निर्विरोध चयन भएका छन ।त्यस्तै संघको सदस्यहरुमा बासुदेव रेग्मी, गौबिन्द प्रसाद अवस्थि, अनिल झा, इशु आचार्य र पुष्पा ऐरी निर्वाचित भएको निर्वाचन अधिकृत मोहन भण्डारीले बताए ।यस अघि निवर्तमान अध्यक्ष भिम पडालको अध्यक्षतामा भएको संघको साधारण सभाको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।