You are currently viewing नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमको सल्लाहकार संयोजकमा : वेदप्रकाश चुवाई

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमको सल्लाहकार संयोजकमा : वेदप्रकाश चुवाई

कार्तिक २९,धनगढी : देशभरीका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटिको सल्लाहकार संयोजकमा वेदप्रकाश चुवाईलाई नियुक्त गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटिको केहिदिन अगाडी बसेको बैठकले सल्लाहकार समिति संयोजक चुवाई रहने गरी थप ८ जनालाई सदस्यमा मनोनित गरेको थियो । अन्य सदस्यहरुमा वाशुदेव गौतम,महेश प्रसाद बोहरा,महेश्वर प्रसाद बास्कोटा,विरेन्द्र रावल,दिप रावत,नवराज ज्ञवाली,नर बहादुर रावल र टिकाराम शर्मा रहेका छन ।


सुदूरपश्चिममा विगत ३ दशकदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सकृय रहेका चुवाईसँग नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केद्रिय कमिटिको पूर्व क्षेत्रीय उपाध्यक्ष,केन्द्रिय समितिकै सल्लाहकार र कैलाली जिल्लाको नेतृत्व (अध्यक्ष) सम्हालेको अनुभव छ । कैलाली जिल्लाको नेतृत्वमा रहँदा चुवाइर्ले पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको हकहित र व्यवसायिक एकताका लागि थुप्रै रचनात्मक काम गरेका थिए । उनी सुदूरपश्चिमभरीमा सफल पुस्तक व्यवसायीको रुपमा चिनिन्छन ।


पुस्तक तथा स्टेशनरी व्यवसायका क्षेत्रमा लामो अनुभव र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रिय कार्यसमितिमा समेत बसिसकेका अग्रज व्यवसायी वेदप्रकाश चुवाईलाई सल्लाहकार संयोजकमा पाउँदा अत्यन्तै खुशी लागेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष श्याम पाठकले बताए । उनले आफ्नो कार्यकाल अवधिभर रचनात्मक काम गर्न सल्लाहकार समितिको सल्लाह सुझाव लिएरै अगाडी बढ्ने समेत बताए ।

 

 

 

Leave a Reply