You are currently viewing नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा – गौतम

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा – गौतम

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष्यमा वाशुदेव गौतम निर्वाचित भएका छन । सनिबार सम्पन्न सातौं साधारण सभा तथा चौथो प्रदेश अधिवेशनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन ।

डोटीको पिपल्ला बजारमा लामो समयदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सकृय गौतमले पछिल्लो समय धनगढीमा पनि व्यवसाय विस्तार गरेका छन । त्यस्तै प्रथम उपाध्यक्ष निलम राज जोशी ,द्वितीय उपाध्यक्ष गौरव बोहरा,सचिवमा डिल्लीराज ओझा ‘समर्पण’ कोषाध्यक्ष जनक राज भट्टराई,सह कोषाध्यक्ष खेमराज भट्ट,सह सचिब हरी भट्ट निर्वाचित भएका हुन । त्यस्तै सदस्यहरुमा नवराज भट्ट,विजेन्द्र चौधरी,केशव रावल,गजराज बोहरा र कृष्ण लामिछाने निर्वाचित भएका छन ।


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्याम पाठकको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रदेश सभा सदस्य धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि सल्लाहकार समिति संयोजक अग्रज व्यवसायी वेद प्रकाश चुवाई
,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सचिव शम्भु लामिछाने,केन्द्रिय सदस्यहरु योगेन्द्र शाही,शंकर कठायत र शंकर दत्त भट्ट,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमका निवर्तमान अध्यक्ष मेखराज दाहाल,मुद्रण व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष महेन्द्र शाहीु,कैलाली र कंचनपुर जिल्लाका अध्यक्ष र पदाधिकारीहरु तथा ७ पहाडी जिल्लाका अध्यक्ष र पदाधिकारीको उपस्थिति रहेको थियो ।


उक्त साधारणसभामा कार्यक्रममा ९ ओटै जिल्लाका एक एक जना पुराना व्यवसायीलाई दोसल्ला सहित सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply