You are currently viewing नेपाल प्रिमियर लिगमा ४ खेल खेलेबापत शिखर धवनले झण्डै डेढ करोड बुझ्ने / @ShikharDhaman / @KarnaliYaks / @NPL

नेपाल प्रिमियर लिगमा ४ खेल खेलेबापत शिखर धवनले झण्डै डेढ करोड बुझ्ने / @ShikharDhaman / @KarnaliYaks / @NPL

कार्तिक २९,धनगढी : भारतका चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग ९एनपिएल० मा सहभागी भएबापत झण्डै डेढ करोड बुझ्ने भएका छन । धमनले प्रत्येक खेलबापत ३० हजार डलरमा उनलाई टिममा अनुबन्ध गरेको कर्णाली याक्सले जनाएको छ । ३० हजार डलरको आजको मूल्यअनुसार ४० लाख ५० हजार पाउने सम्झौता भएको याक्सका लगानीकर्ता गृहेन्द्र घिमिरेले जानकारी दिए।

लगानीकर्ता गृहेन्द्र घिमिरेका अनुसार धमनले कर्णाली याक्सबाट ४ खेल खेल्नेछन । उनी नोभेम्बर २९ तारिखमा नेपाल आउने छन्। धवनले ३० गते बिहान पशुपतिको दर्शन गर्नेछन्। लगत्तै दिउँसो हुने एनपिएल उद्घाटनमा सहभागी हुनेछन्। धवनले एनपिलएलको पहिलो दिन कुनै खेल खेल्ने छैनन्। सम्भव भए ५ खेल नभए ४ खेल खेलेर धवन डिसेम्बर ९ तारिखमा भारत फर्कने कर्णाली याक्सले जनाएको छ ।धवनले भारतीय क्रिकेटबाट संन्यास घोषणा गरिसकेका छन्। भारतले संन्यास घोषणाअघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदैन। गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यास लिएपछि उनलाई अर्को देशमा खेल्ने बाटो खुलेको थियो। ८ टोली सहभागी नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

 

Leave a Reply