You are currently viewing नेपाल प्रिमियर लिग अक्सन किरण कुमार ठगुन्ना पोखरा एभेन्जर्समा १० लाखमा अनुबन्धित

नेपाल प्रिमियर लिग अक्सन किरण कुमार ठगुन्ना पोखरा एभेन्जर्समा १० लाखमा अनुबन्धित

असोज २०,धनगढी : नेपाल प्रीमियर लिगको अक्सनमा सुदूरपश्चिम प्रदेशका किरण कुमार ठगुन्ना आकर्षक मुल्यमा बिक्री भएका छन । उनलाई पोखरा एभेन्जरले रु १० लाख मा अनुबन्धित गरेको हो । लामो समयदेखि घरेलु क्रिकेटमा व्यस्त रहेका ठगुन्ना पछिल्लो समय उमेर समूह हुँदै राष्ट्रिय प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशबाट निरन्तर खेल्दै आएका छन । आक्रामक खेलाडीको छबि बनाएका ठगुन्नाले गत संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगीतामा शतक सहित उत्कृष्ट प्रर्दशन गरेका थिए । यसैवर्ष काठमाण्डौंमा क्यानडासँग सम्पन्न ओडिआइमा नेपाल ए टिममा डेब्यु गर्दे अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागिता जनाएका थिए ।


नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । नेपाली खेलाडी छनोटका लागि अहिले अक्सन जारी छ । अक्सनमा १ सय ४२ नेपाली खेलाडी समावेश छन । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्न सक्ने क्यानले जनाएको छ ।

Leave a Reply