You are currently viewing नेपाल प्रिमियर लिग अक्सन लोकेश बम विराटनगर किङ्समा रु १५ लाखमा अनुबन्धित

नेपाल प्रिमियर लिग अक्सन लोकेश बम विराटनगर किङ्समा रु १५ लाखमा अनुबन्धित

असोज २०,धनगढी : नेपाल प्रीमियर लिगको अक्सनमा राष्ट्रिय क्रिकेट टिमका सदस्य लोकेश बम रु १५ लाख मुल्यमा बिक्री भएका छन । विराटनगर किङ्सले रु १५ लाखमा अनुबन्धित गरेको हो । लामो समयदेखि क्रिकेटमा व्यस्त रहेका बम आक्रामक ब्याट्सम्यानको रुपमा चिनिन्छन । बमसँग नेपालका सबैखाले फ्रेन्चाइज लिग खेलिसकेको अनुभव छ । टिमलाई आवश्यक परेको बेला गियर चेन्ज गर्न सक्ने क्षमता भएका बमले विराटनगर किङ्सका लागि उत्कृट प्रर्दशन गर्न सक्छन । लोकेशको जन्मस्थान डोटी हो भने उनले धनगढीबाट क्रिकेट सिक्दै राष्ट्रिय टिमसम्मको यात्रा तल गरेका हुन ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । नेपाली खेलाडी छनोटका लागि अहिले अक्सन जारी छ । अक्सनमा १ सय ४२ नेपाली खेलाडी समावेश छन । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्न सक्ने क्यानले जनाएको छ ।

Leave a Reply