असोज २०,धनगढी : नेपाल प्रीमियर लिगको अक्सनमा बिपिन रावल रु ८ लाख मुल्यमा बिक्री भएका छन । उनलाई चितवन राइनोजले रु ८ लाखमा टिममा अनुबन्धित गरेको हो । लामो समयदेखि क्रिकेटमा व्यस्त रहेका बम विकेट किपर ब्याट्सम्यानको रुपमा चिनिन्छन । रावलसँग यसैवर्ष साउथ अफ्रीमा मा आयोजना भएको एकदिवसीय यु १९ विश्वकप खेलिसकेको अनुभव छ । विश्वकपमा रावलले विकेट किपरको भूमिका निर्भाह गरेका थिए ।
लामो समयदेखि घरेलु प्रतियोगीता सुदूरपश्चिम प्रदेशबाट खेलेका रावलले पछिल्लो दुइवर्ष यताभने कर्णाली प्रदेशबाट खेल्दै आएका छन । रावलले धनगढीको प्रतिष्ठत लिटल फ्लावर प्रिमियर लिगमा लिटल फ्लावर स्कुलबाट खेल्दै टिमलाई २ पटक च्याम्पियन तथा १ पटक उपविजेता बनाएका थिए । अत्यन्तै अनुशासित खेलाडीको रुपमा चिनिएका रावलले धनगढीबाटै क्रिकेट सिक्दै करियर अगाडी बढाएका हुन । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । नेपाली खेलाडी छनोटका लागि अहिले अक्सन जारी छ । अक्सनमा १ सय ४२ नेपाली खेलाडी समावेश छन । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्न सक्ने क्यानले जनाएको छ ।