असोज २०,धनगढी : नेपाल प्रीमियर लिगको अक्सनमा सुदूरपश्चिमका खेलाडी नरेन भट्टको नाममा रु २ लाख बोली लागेको छ । क्याटागोरी सी का भट्टलाई विराटनगर किङ्सले २ लाखमा टिममा अनुबन्धित गरेको हो । प्रतिभाशाली युवा खेलाडी भट्टले आयरल्याण्ड विरुद्ध नेपाल ए टिममा डेब्यु गर्दै आफ्नो परिचय फराकिलो बनाइसकेका छन ।
भट्टले अघिल्लो वर्ष मलेसियामा आयोजना भएको एसिसि यु १६ इस्टन रिजन प्रतियोगीताका शानदार शतक प्रहार गर्दै वाहिवाहि बटुलेका थिए भने गत संस्करणको प्रधानमन्त्री कप एकविदसिय राष्ट्रिय क्रिकृट प्रतियोगीतामा पनि शानदार शतक हिर्काएका थिए । पछिल्लो समय सुदूरपश्चिम प्रदेशबाट घरेलु प्रतियोगीता खेल्दै आएका भट्टलाई नेपाली टिमको भविष्यको रुपमा हेरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।नेपाली खेलाडी छनोटका लागि अक्सन सकिएको छ भने । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्न सक्ने क्यानले जनाएको छ ।