असोज २०,धनगढी : नेपाल प्रीमियर लिगमा सुदूरपश्चिम प्रदेशका भोजराट भट्ट अनुबन्धित भएका छन । भट्टलाई सुदूरपश्चिम रोयल्सले ४ लाख ५० हजारमा टिममा अनुबन्ध गरेको छ । लामो समयदेखि घरेलु क्रिकेटमा व्यस्त रहेका भट्ट उमेर समूह हुँदै राष्ट्रिय प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशबाट खेल्दै आएका छन । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा
८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । नेपाली खेलाडी छनोटका लागि अहिले अक्सन जारी छ । अक्सनमा १ सय ४२ नेपाली खेलाडी समावेश छन । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्न सक्ने क्यानले जनाएको छ ।