You are currently viewing नेपाल प्रिमियर लिग (एनपिएल)मा अम्पायरिङ गरेका अफगानस्तानका आइसिसी अम्पायर बिस्मिल्लाहको निधन

नेपाल प्रिमियर लिग (एनपिएल)मा अम्पायरिङ गरेका अफगानस्तानका आइसिसी अम्पायर बिस्मिल्लाहको निधन

असार २४,धनगढी : नेपाल प्रिमियर लिग ( एनपिएल )को पहिलो संस्करणमा पनि अम्पायरिङ गरेका अफगानस्तानका आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको सोमबार राती ४१ वर्षको उमेरमा निधन भएको छ ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले शिनवारीको मृत्यु पुष्टि गरेको हो । एसिबीका अनुसार शिनवारी लामो समयदेखि बिरामी थिए ।

शिनवारीले ३४ एकदिवसीय तथा २६ ट्वान्टी-२० अन्तर्राष्ट्रियमा अम्पायरको भूमिका निर्वाह गरे । यसैगरी उनले ३१ पहिलो श्रेणी, ५१ लिस्ट ‘ए’ तथा ९६ घरेलु ट्वान्टी २० खेलमा पनिअम्पायरिङ गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply