कार्तिक २९,धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल)का लागि अहिलेसम्मकै ठूलो नाम घोषणा भएको छ । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली कर्णाली याक्सले बिहिबार बिहानै सामाजिक सञ्जाल मार्फत भारतिय विश्व चर्चित खेलाडी शिखर धमनलाई टिममा अनुबन्ध गरेको जानकारी गराएको छ । कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको हो । सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो । शिखर धवनको अनुबन्धपछि कर्णाली याक्सको टिम पेपरमा अझ बलियो बनेको छ । कर्णालीले यसअघि नै पाकिस्तानका हुसेन तलात, वेष्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ । उनले भारतका लागि ३४ टेष्ट, १६७ ओडिआई र ६८ टी२० आई म्याच खेलेका छन् । टेष्टमा ७ शतक मद्तमा २ हजार ३१५ रन बनाएका धवनले ओडिआईमा ६ हजार ७९३ रन बनाएका छन् जसमा १७ शतक समावेश छ । यस्तै टी२०आईमा उनले ११ अर्धशतक मद्तमा १ हजार ७५९ रन बनाएका छन् सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका धमनले ५ फरक टिमबाट आईपिएल खेलेका छन ।
नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । अब ज्ञानेन्द्रको प्रशिक्षणमा धवनले खेल्दा कस्तो होलारु सोमपाल कामी र धवनले एक टिमबाट खेल्दा कस्तो होलारु मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने एनपिएल प्रतिक्षा गर्नुपर्नेछ ।कर्णाली याक्सको अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे छन् ।