You are currently viewing नेपाल रेडक्रस सोसाइटी धनगढी उप-साखाको सभापतिमा ओझा चयन

नेपाल रेडक्रस सोसाइटी धनगढी उप-साखाको सभापतिमा ओझा चयन

२८ असार,२०८२ : नेपाल रेडक्रस सोसाइटी धनगढी उप-साखाको सभापतिमा शिवराज ओझा चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट ओझा निर्विरोध सभापतिमा चयन भएका हुन् । उप-साखाको उप-सभापतिमा लक्ष्मी जोशी, सचिवमा पारस राज जोशी, उप सचिवमा राजेश गिरि, कोषाध्यक्षमा बालगोपाल गिरि चयन भएका हुन् ।

सदस्यहरुमा पारु जैशी, राम प्रसाद कम्ती, अंकिता बोहरा, लक्ष्मण राज पन्त र निर्मला उप्रेती चयन भएका छन् । उपशाखाको अधिवेशन सभाका साथै आज रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply