You are currently viewing नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुँदा नेपाललाई घाटा

नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुँदा नेपाललाई घाटा

कार्तिक २०,धनगढी : आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाको डाल्लासस्थित ग्राउन्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो। यससँगै दुवै टोलीले १(१ अंक बाँडेका छन्। नेपालका अनिल शाह १० रनमा आउट भए। नेपाल १२ खेलमा २ मा जित र ८ मा हारसहित ६ अंकका साथ सातौँ स्थानमा छ। नेपालाका २ खेल रद्द भएका थिए। ११ खेल खेलेको स्कटल्यान्ड ६ मा जीत ३ खेलमा हार र २ खेल ड्र सहित १४ अंककासाथ तालिकाको तेश्रो स्थानमा छ ।

आजको खेल रद्द हुँदा स्कटल्यान्डलाई खासै असर नगरेपनि नेपाललाई भने घाटा भएको छ । प्रतियोगीतामा १२ खेल खेलेको नेपालले केबल २ खेलमा मात्र जीत निकाल्न सकेको छ । नेपाल ८ खेलमा पराजय,२ मा जीत र २ मा ड्र को नतिजासँगै ६ अंकका साथ अंकतालिकाको सातौं स्थानमा रहेको छ । आईसीसी विश्वकप लिग-२ को अंकतालिकाका शिर्ष स्थानमा रहेका ४ टोली एकदिवसिय विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने भएकाले नेपालले बाँकी खेल उत्कृष्ट नतिजा आउने गरीखेल्नुपर्नेछ । अहिलेसम्मको नतिजा अनुसार अंकतालिकाको शिर्ष स्थानमा १६ अंकका साथ अमेरिका पहिलो १६ नै समान १६ अंक रहेको क्यानडा दोश्रो,१४ अंकका साथ स्कटल्यान्ड तेश्रो,१२ अंकका साथ नेदरल्याण्ड चौथो,१० अंकका साथ नामिबिया पाँचौं,८ अंकका साथ ओमान छैटौं स्थानमा ६ अकंका साथ नेपाल सातौं र ४ अंकका साथ युएई पुछारमा रहेको छ ।

 

Leave a Reply