जेठ १९,धनगढी : एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित भएको छ । नेपालले पनि सहभागिता जनाउने प्रतियोगिता जुन ६ देखि श्रीलंकामा हुने तय थियो । नेपालले पहिलो संस्करणमा पनि सहभागिता जनाएको थियो ।
आयोजक एसियाली क्रिकेट परिषद् (एसिसी) ले सोमबार श्रीलंकाको प्रतिकूल मौसम र स्वास्थ्य अवस्था कारण देखाउँदै प्रतियोगिता केही समयको लागि स्थगित गरिएको जानकारी दियो ।
एसिसीले नयाँ तालिका चाँडै नै सार्वजनिक गरिने बताएको छ । प्रतियोगिताको पहिलो संस्करण २०२३ मा हङकङमा भएको थियो । पहिलो संस्करणमा भारत ‘ए’ बंगलादेश ‘ए’ लाई ३१ रनले हराउँदै च्याम्पियन बनेको थियो ।