वैशाख ६,धनगढी : आइसिसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ः३० बजेदेखि सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेन ।
खेल रद्द भएसँगै दुवै टोलीले एक अंक बाँडेका छन् । यससँगै नेपाल र अफगानिस्तानको चार खेलबाट चार अंक रह्यो । तर नेट रनरेटमा अगाडि भएका कारण अफगानिस्तान विश्वपका लागि छनोट भएको छ । यसअघि दुवै टोलीले युएई, हङकङ र ओमानलाई पराजित गरेका थिए । नेपाली टिमलाई समर्थन गर्न निर्धारित समयभन्दा अगाडी नै मैदानमा उपस्थित भएका घरेलु दर्शकहरु निराश हुँदै घर फर्किएका छन । रिर्जभ डे नराखेको र क्यानको तयारी फितलो भएको भन्दैदर्शकले केहि समय क्यान र आसिसि विरुद्ध नाराबाजी पनि गरे ।