कार्तिक १,धनगढी : न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्टको पहिलो पारीमा घरेलु टोली भारत ४६ रनमा अलआउट भएको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन ३१.२ ओभर ब्याटिङ गरेपछि अलआउट भएको थियो । भारतका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कले ४ विकेट हात पारे । टीम साउथीले एक विकेट लिए । भारतका विकेटकिपर रिसभ पन्तले सर्वाधिक २० रन जोडे । यसस्वी जैसवालले १३ रन बनाए ।
अन्यले दोहोरो अंक छुन सकेनन् । विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता खोल्न सकेनन् । कप्तान रोहित शर्माले २, कुलदीप यादवले २, जसप्रित बुमराहले १, मोहम्मद सिराजले ४ रन बनाए । तीन खेलको शृंखलाको पहिलो खेल बिहीबारदेखि बैंगलोरमा सुरू भएको थियो । टि ब्रेकसम्म न्युजिल्यान्डले १ विकेट गुमाएर ८१ रन जोडेको छ । उसका डेभोल कन्वे ६१ रनमा अविजित खेलिरहेक छन । न्युजिल्यान्डले ३६ रनको अग्रता बनाएको छ ।