माघ २४,धनगढी: घरेलु टोली भारतले पहिलो एकदिवसियमा खेलमा पाहुना टोली ईङ्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । ईङ्ल्याण्डले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३८.४ ओभरमा ६ विकेट गुमाउँदै २५१ रन बनाएर लक्ष्य पूरा गर्यो । भारतका लागि सुगमन गिलले सर्वाधिक ८७ रनको पारी खेले भने श्रेयस एयरले ५९ तथा अक्सर पटेलले ५२ रन बनाए । ईङ्ल्याण्डका लागि सकिब मोहमद तथा आदिल रसिदले समान दुई दुई विकेट लिए ।
यसअघि नागपुरमा टस जितेर पहिला ब्याटिङ गरेको ईङ्ल्याण्डले ४७.४ ओभरमा अलआउट हुँदै २४८ रन बनायो । ईङ्ल्याण्डका लागि कप्तान जोस बटलर तथा जेकेब बेथलले अर्धशतक प्रहार गरे भने फिल साल्टले ४३ तथा बेन डकेटले ३२ रन बनाए । भारतका लागि हर्षित राणा र रबिन्द्र जडेजाले समान तीन तीन विकेट लिए ।
३ खेलको एकदिवसिय श्रृंखलामा भारतले १ -० ले अगाढी बढेको छ । यसअघि भारतमै सम्पन्न ५ टि२० आई श्रृंखलामा भारतले ४ -१ ले सिरिज जितेको थियो ।