You are currently viewing पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्स जुन १६ मा भिड्ने /@NepalicricketNews
File Photo

पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्स जुन १६ मा भिड्ने /@NepalicricketNews

वैशाख ११,धनगढी : नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक टी–२० आई सिरिजमा पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। आगामी जुनमा ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने सिरिजमा घरेलु टोलीसहित नेपाल र नेदरल्यान्ड्स सहभागी हुनेछ।

File Photo

क्रिकेट स्कटल्यान्डले उक्त सिरिजको तालिका बिहीबार सार्वजनिक गरेको हो। यस सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ। नेपाल र नेदरल्यान्डबीचको पहिलो खेल भने जुन १६ मा हुनेछ।सिरिजमा एक टोलीले एक अर्कासँग दुईपल्ट खेल्नेछन्। नेपालले जुन १७ मा स्कटल्यान्ड, १८ मा नेदरल्यान्ड्स र २० मा स्कटल्यान्डसँग पुन: खेल्नेछ।

Leave a Reply