You are currently viewing पहिलो टि ट्वान्टी आईमा भारतले इङ्ग्ल्याण्डलाई हरायो  / @INDVSENG

पहिलो टि ट्वान्टी आईमा भारतले इङ्ग्ल्याण्डलाई हरायो / @INDVSENG

माघ ९,धनगढी : घरेलु टोली भारतले इङ्ग्ल्याण्डलाई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो ।जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतलाई सहज जित दिलाउन ओपनर शर्माले सर्वाधिक ७९ रन जोडे । उनले ३४ बलमा ८ छक्का र ५ चौका प्रहार गरे । तेस्रो विकेटका लागि शर्मा र तिलक बर्माले ८४ रनको साझेदारी गरे । बर्माले १६ बलमा ३ चौकाको सहयोगमा नट आउट रहँदै १९ रन बनसए । सञ्जु स्यामसनले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २६ रन जोडे । हार्दिक पाण्ड्या ३ रनमा नट आउट रहे । इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले २ र आदिल राशिदले १ विकेट लिए ।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको थियो ।इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ६८ रन जोडेका थिए । उनले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए । ह्यारी ब्रुकले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १७ तथा जोफ्रा आर्चर १२ रनमा आउट भए ।

इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका लागि वरुण चक्रवर्तीले ३, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदिप सिंहले समान २ विकेट लिए ।इङ्ग्ल्याण्ड ५ टि ट्वान्टी आई तथा ३ ओडिआई खेलका लागि भारत भ्रमणमा छ । दोस्रो टि ट्वान्टी आई शनिवार चेन्नइमा हुनेछ ।

Leave a Reply