You are currently viewing पहिलो मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग नेपालको फराकिलो हार / Nepal vs Tajikistan

पहिलो मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग नेपालको फराकिलो हार / Nepal vs Tajikistan

कार्तिक २८,धनगढी : नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली ताजिकिस्तानसँग फराकिलो हार व्यहोरेको छ।सेन्ट्रल स्टेडियम, डुसान्बेमा बुधबार भएको खेलमा ताजिकिस्तानले पाहुना टोलीलाई ४–० ले हराएको हो। ताजिकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरे। फिफा वरीयता ७१ स्थानमाथिको ताजिकस्तानविरूद्व नेपाल चौथोपल्ट मैदान उत्रिएको हो।

यसअघि सन् २०१७ मा एसिया कप छनोटअन्तर्गत भएको दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित भएको थियो। त्यस्तै अघिल्लो वर्ष भएको मैत्रीपूर्ण खेलमा पनि ताजिकिस्तान २–० ले विजयी भएको थियो। नेपालले अब शनिबार अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ।

Leave a Reply