भाद्र,१३ धनगढी
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्।भारतमा जारी अक्सनमा लिजेन्ड लिगमा बिहीवार गुजरातले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसलाई वेस प्राइसमा नै टिममा अनुबन्ध गर्न सफल भएको हो ।
पारसलाई गुजरात टिमले १२ लाख ५ हजार भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको हो । तेस्रो संस्करणको लिजेन्ड्स लिग २० सेप्टेम्बरबाट सुरु हुनेछ ।पारस आबद्ध गुजरातमा क्रिस गेल, असगर अफगान, लिन्डल सिमन्स लगायत रहेका छन् । यस लिगमा सुरेश रैना, इशुफ पठान, हरभजन सिंह, रोविन उथप्पा लगायतका खेलाडीहरु रहेका छन् ।लिगमा ६ टोलीले सहभागीता जनाउदै छन् । पारस लिगको पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध भएका थिए । पहिलो संस्करणको लिग कतारमा भएको थियो ।पारसले नेपालका लागि १० ओडिआई र ३३ टि ट्वान्टी आई खेलेका छन् । उनले ३ वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्न्यास लिएका थिए।