You are currently viewing पियंका कार्कीको मृत्युको हल्ला कस्ले चलायो ? इस्टाग्राममा लेख्छिन म सुरक्षित छु

पियंका कार्कीको मृत्युको हल्ला कस्ले चलायो ? इस्टाग्राममा लेख्छिन म सुरक्षित छु

कार दुर्घटनामा आफ्नो निधन भएको हल्ला फैलिएपछि अभिनेत्री प्रियंका कार्कीले आफू सकुशल रहेको जानकारी गराएकी छन् । इन्स्टाग्राममा स्टोरी सेयर गर्दै उनले आफू सुरक्षित रहेको र यस्तो भ्रामक खबरमा विश्वास नगर्न आग्रह समेत गरेकी छन् ।

उनले लेखेकी छिन्, ‘कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक खबर फैलिएको छ । यो खबरमा कृपया विश्वास नगर्नुहोला । कृपया चिन्ता नगर्नूस । म पूर्णरुपमा सुरक्षित छु र ‘ममी’को सेटमा छु ।

सेलेव्रिटीलाई लिएर यस्ता अफवाह सामाजिक संजालमा फैलने गरेको छ । पछिल्लोपटक कलाकार रामचन्द्र अधिकारीको निधनको भ्रामक खबर पनि फैलिएको थियो । उनले त्यतिबेला आफू सकुशल रहेको बताउनुपरेको थियो ।

Leave a Reply