You are currently viewing प्याब्सन केन्द्रिय सचिवमा हमाल लगायत सुदूरपश्चिमका ६ जना निर्वाचित,शाह ‘प्याब्सन प्रेसिडेन्ट अवार्ड’बाट सम्मानित

प्याब्सन केन्द्रिय सचिवमा हमाल लगायत सुदूरपश्चिमका ६ जना निर्वाचित,शाह ‘प्याब्सन प्रेसिडेन्ट अवार्ड’बाट सम्मानित

चैत्र २,धनगढी : निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)  को केन्द्रीय सचिवमा सुदूरपश्चिमका यज्ञराज हमाल  निर्वाचित भएका छन्। गत फाल्गुन २६ र २७ गते काठमाण्डौंमा सम्पन्न १६औं महादिवेशनबाट लोकप्रिय मतसहित ४०३ मत प्राप्त गरी विजयी भएका हुन्।

हमाल २८ वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले संस्थागत विद्यालयहरूको हकहितका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन्। हमाल गोदावरी-२ स्थित जनकल्याण इंग्लिस स्कुलका संस्थापक हुन्।

हमाल शिक्षा क्षेत्रमा मात्रै नभई प्रतिभा पुस्तकालय लगायत अत्तरीयाका विभिन्न सामाजिक संस्थाहरूमा पनि सक्रिय भूमिका खेल्दै आएका छन्। त्यस्तै उपाध्यक्षमा भूगोल तर्फ ललित राज पन्त,केन्द्रीय सदस्यहरुमा क्रमशःटोपेन्द्र शाह,अमरराज भट्ट,सिपी न्यौपाने र यम प्रसाद भण्डारी निर्वाचित भएका छन ।

प्याब्सनको सोह्रौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित टि यस प्रकार रहेको छ ।
अध्यक्ष : कृष्णप्रसाद अधिकारी
सहअध्यक्ष : गोपाल आचार्य
वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल थापा

भुगोल उपाध्यक्षहरु:
टीकाराम ढकाल : कोशी प्रदेश,

दिपककुमार रेग्मी : मधेस प्रदेश
थकिनकुमार गुरुङ :बागमती प्रदेश
प्रेमप्रसाद शर्मा सुवेदी :गण्डकी प्रदेश
टीकाराम न्यौपाने :लुम्बिनी प्रदेश
नयनसिंह खत्री :कर्णाली प्रदेश
ललितराज पन्त : सुदूरपश्चिम प्रदेश

खुल्ला उपाध्यक्षहरु :
सन्तोषमणि न्यौपाने
आशिष श्रेष्ठ
किशोर गौतम
रबिन्सकुमार शर्मा
अनिल कुमार झा
संगिता सिलवाल

महासचिव :आर.बि. कटुवाल
कोषाध्यक्ष :गणेशबाबु पोखरेल

उपमहासचिवहरू :भिमसेन केसी,भुवनलाल श्रेष्ठ

सचिबहरु:
विष्णु न्यौपाने
जनकबहादुर कार्की,यज्ञराज हमाल .आशा कुमारी खड्का

सहकोषाध्यक्ष :
सन्तोष अधिकारी क्षेत्री
ग्रेस श्रेष्ठ

टोपेन्द्र शाह ‘प्याब्सन प्रेसिडेन्ट अवार्ड’बाट सम्मानित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन०को यही फाल्गुन २६ र २७ गते सम्पन्न भइरहेको प्याब्सन १६औं राष्ट्रिय महाधिवेशनमा तीन वर्षे कार्यकाल २०७८/ २०८१ मा देशैभरिका प्याब्सन जिल्ला अध्यक्षहरू मध्य प्याब्सन कैलालीका निवर्तमान अध्यक्ष टोपेन्द्र शाह प्रेसिडेन्ट अवार्ड(२०८१ द्वारा सम्मानित भएका छन्।

उनलाई प्याब्सन कैलालीको अध्यक्ष रहँदा प्याब्सनका गतिविधि, शैक्षिक क्रियाकलाप,उत्कृष्ट ब्यबस्थापन,केन्द्रसँगको समन्वय, सदस्य विद्यालयसङ्गको सहकार्य, नेतृत्वदायी भूमिका गरेको भन्दै उत्कृष्ट अध्यक्षको रूपमा प्याब्सन केन्द्रीय समितिले मूल्यांकन गरि प्रदान गरिने गरिमामय अवार्ड प्रेसिडेन्ट अवार्डद्वारा सम्मान गरिएको हो। शाह कैलाली विद्या निकेतन, धनगढीको संस्थापक प्रिन्सिपलसमेत हुन्। उक्त प्रेसिडेन्ट अवार्ड तीन वर्षे कार्यकालमा देशैभरिका प्याब्सन जिल्ला अध्यक्ष मध्य उत्कृष्ट अध्यक्षलाई कार्यगत मूल्यांकनको आधारमा सम्मान गरिन्छ। यसअघि गत वर्ष केन्द्रीय समितिको साधारण सभामा शाहको कार्यकालमा कैलाली जिल्ला उत्कृष्ट जिल्लाको रूपमा समेत सम्मानित भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply