पौष २९,धनगढी :निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल ( प्याब्सन ) कैलालीको अध्यक्षमा न्यू लाइट एकेडेमी टिकापुरका संस्थापक प्रिन्सिपल जयकृष्ण तिमिल्सिना निर्वाचित भएका छन ।
शनिबार धनगढीमा सम्पन्न १५ औं जिल्ला अधिवेशनबाट धनगढीका पदम सिंह साउँदलाई पराजित गर्दै तिमिल्सिनाले अध्यक्षमा बाजी मारेका हुन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा धनगढीको ग्यालेक्सी माविका संस्थापक प्रिन्सिपल छत्र राज पण्डित,उपाध्यक्षमा राज बुढा,सचिवमा चेत राज देवकोटा,सह– सचिवमा जनक बिष्ट,कोषाध्यक्षमा मान ब चन्द र सह–कोषाध्यक्षमा मोहन प्रसाद ढुंगाना निर्वाचित भएका हुन । त्यस्तै सदस्यहरुमा भुपेन्द तिमिल्सिना,माधब थापा,हिरा दन्त भट्ट,पुष्कर भट्ट,रमेश ब. शाही,लोक राज पन्त,डिकेन्द जँग कुँवर, तेज राज कँवर,पुस्कर मल्ल,मनोज चौधरी र गोरे डगौरा थारु निर्वाचित भएका छन ।
निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल ( प्याब्सन ) कैलालीका अध्यक्ष टोपेन्द्र शाह रसिकको अध्यक्षतामा सम्पन्न १५ औं जिल्ला अधिवेशनको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाश देउवा रहेका थिए । कार्यक्रममा प्याब्सनका केन्द्र,प्रदेश र जिल्लाका पदाधिकारी,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडाल,प्याब्सन धनगढी नगरकमिटिका अध्यक्ष ध्रुर्ब बहादुर सिंह लगायत पदाधिकारीहरु,विभिन्न विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरुको बाक्लो उपस्थिति रहेको थियो ।