You are currently viewing प्रतिभा सामुदायिक पुस्तकालयको साधारसभामा दर्जनौं श्रष्टा सम्मानित

प्रतिभा सामुदायिक पुस्तकालयको साधारसभामा दर्जनौं श्रष्टा सम्मानित

असोज २३,धनगढी : सुदूरपश्चिमको साहित्य विकासमा टेवा पु¥याएको भन्दै दर्जनौं साहित्यकारहरु सम्मानित भएका छन । अत्तरीयामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १५ औं वार्षिक साधारण सभाको अवसरमा सात्यिकार टि.आर.पाठक र तोयनाथ भट्ट सम्मानित भएका हुन । पाठक र भट्टलाई मंगलबार पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव लेखराज भट्टले दोसल्ला ओढाएर सम्मान गरेको हो । धार्मीक क्षेत्रमा निरन्तर कलम चलाइरहेका पाठकका आध्यात्म दर्शन र आध्यात्म प्रंसग गरी दुई पुस्तक प्रकाशित छन । विभिन्न साहित्यिक संघ संस्थामा आबद्ध रहेका पाठकका थुप्रै पाण्डुलिपी तयारी अवस्थामा रहेका छन ।


त्यस्तै सुदूरपश्चिमका विभिन्न साहित्यिक कार्यक्रममा प्राय सहभागी भइरहने नाम हो तोयनाथ भट्ट । उनी आफ्नो सुश्रीमधर वाचन कलाका कारण लोकप्रीय छन । २०७० को दशकमा विद्यारानी गजल संग्रह प्रकाशित गरेका भट्ट त्यसयता निरन्तर साहित्य साधनामा सकृय छन । विशेषगरी छन्दमा गजल कविता लेख्न रुचाउने भट्ट अहिले शिक्षण पेशामा सकृय छन । वार्षिक साधारण सभामै साहित्यकार खेम बतास र गणेश नेपाली पनि सम्मानित भएका छन । गजल,कविता हुँदै पछिल्लो समयमा आख्यानमा पनि सकृय बतासको पहिलो आख्यान कृर्ती बुढीपोल्ली प्रकाशित छ । साहित्यिक गतिविधिमा निरन्तर लागिरहेका सात्यिकार गणेश नेपाली पनि सम्मानित भएका छन र उनका कसन कविता संग्रह र एकलव्य गजल संग्रह पकाशित छन । रानाथारु समुदायका अग्रज साहित्यकार पदम राना र प्रतिभा सामुदायिक पुस्तकालयका कार्यालय सचिव लेखराज जोशी पनि सम्मानित भएका हुन । त्यस्तै उक्त साधारणसभामा टिभि टुडेका प्रत्रकार अनिल पन्त लगायत अन्य थुप्रै व्यक्ती सम्मानित भएका थिए ।

पुस्तकालयका अध्यक्ष पुस्षराज जोशीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाको प्रमुख अतिथिमा पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव लेखराज भट्ट रहेका थिए भने विभिन्न साहित्यकारहरुकोउपस्थिति रहेको थियो । कार्यक्रममा दशैं,तिहार,नेपाल सम्वत र छठको शुभकामना आदानप्रदान गरिएको थियो भने रचना वाचन पनि गरिएको थियो ।

Leave a Reply