You are currently viewing प्रदेश स्तरीय यु-१९ महिला टि-२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

प्रदेश स्तरीय यु-१९ महिला टि-२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

असार १७,धनगढी : सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढी्रको फाप्लामा प्रदेश स्तरीय यु १९ महिला टि२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। धनगढीको फाप्लामा आज भएको खेलमा डडेल्धुरा र बैतडी सेमिफाइनल पुगेका हुन् समूह बीमा विजेता बन्दै डडेल्धुरा अन्तिम चारमा पुगेको छ भने बैतडी उपविजेता बन्दै सेमीफाइनल पुगेको हो।

यसअघि नै समूह ए बाट कञ्चनपुर र कैलाली सेमिफाइनल पुगिसकेका छन् । समूह एबाट विजेता भन्दै कञ्चनपुर र उपविजेता बन्दै कैलाली अन्तिम चारमा पुगिसकेका थिए। प्रतियोगिता अन्तर्गत भोलि दुवै सेमीफाइनल खेलहरू हुनेछन्। पहिलो सेमिफाइनलमा कञ्चनपुर र बैतडी तथा दोस्रो सेमीफाइनलमा कैलाली र डडेल्धुरा फाइनल प्रवेशका लागि खेल्नेछन् । फाइनल खेल असार १९ गते हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा असार १२ गतेबाट सुरु भएको प्रतियोगीता असार १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीतामा प्रदेशका ८ टोली सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख र उपविजेता टोलीले नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकोछ ।

यस्तै, सान्त्वना २ टिमलाई नगद ५०/५० हजार प्रदान गरिने छ भने ‘म्यान अफ द सिरिज’ लाई २५ हजार, ‘बेष्ट ब्याट्सम्यान’ र ‘वेष्ट बलरलाई १५/१५ हजार तथा ‘उदयमान खेलाडी’ लाई १० हजार र ‘म्यान अफ द म्याच’ को रुपमा २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

Leave a Reply