माघ १२,धनगढी :धनगढीको फाप्लामा शनिबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीतामा बाग्मती प्रदेशकी मनिषा उपाध्याय उत्कृष्ट बलर घोषित भएकी छन । बाग्मती प्रदेशलाई सुपर फोर चरणमा पुर्याउन मनिषाले प्रतियोगीताको मेडेन ह्याट्रिक सहित १० विकेट लिएकी छन ।
उनले नगद पच्चीस हजार तथा आकर्षक ट्रफी पनि जितिन । यस्तै २०९ रन बनाएकी एपिएफकी ममता चौधरी बेस्ट ब्याटर र एपिएफकै कप्तान इन्दु बर्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन । प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/ २५ हजार पुरस्कार पाए।
प्रतियोगीतामा ७औं पटक च्याम्पियन बन्ने क्रममा एपिएफले सुदूरपश्चिमले ९ विकेटले पराजित गर्दै नगद ५ लाख प्राप्त गर्यो भने उपविजेता बनेको सुदूरपश्चिमले नगद ३ लाख प्राप्त गर्यो । प्रतियोगीताको विजेता र उपविजेता टोलीलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष तथा समापन समारोहका प्रमुख अतिथि चतुर बहादुर चन्द र क्यानका उपाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार प्रदान गरे ।
मघ १ गते सुरु भएको प्रतियोगीतामा ७ प्रदेश र २ विभागीय गरी ९ टोलीको सहभागीता रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।
फाइनल समारोहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,उपाध्यक्ष रोशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यहरु दुर्गा भण्डारी र चेतना बोहरा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी,फाप्ला खेलग्राम विकास समितिका अध्यक्ष्ँ सुवास शाही,नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्यहरु,विक्रम बिस्ट,धिरेन्द्र साउँद र विरेन्द्र चन्द ,जिल्ला तथा प्रदेशका पदाधिकारी लगायत दर्जर्नौ व्यक्तीहरुको उपस्थिति रहेको थियो।