You are currently viewing प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : सुदूरपश्चिम विरुद्ध त्रिभुवन आर्मीको ठूलो जीत /@PMCUP_Sudurpaschim

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : सुदूरपश्चिम विरुद्ध त्रिभुवन आर्मीको ठूलो जीत /@PMCUP_Sudurpaschim

फाल्गुन २८,धनगढी: लुम्बनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगीतामा सुदूरपश्चिम विरुद्ध त्रिभुवन आर्मीले ठूलो जीत निकालेको छ । सुदूरश्चिम प्रदेशले दिएको ११८ रनको झिनो लक्ष्य आर्मीले २३.५ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यौ ।

उस्का लागि सन्तोष कार्कीले ५५ रनको अविजित अर्धशतकीय पारी खेले । त्यस्तै तृत राज दासले ३५,कप्तान विनोद भण्डारीले अविजित २० रनको पारी खेले भने भिम सार्की १ रनमा पवेलियन फर्किए । सुदूरपश्चिमका लागि ६.५ ओभर बलिङ गरेका शेर मल्ल महंगो सावित भए । ५१ रन खर्चेका उनले १ विकेट लिए भने मिलन बोहराले किफायती बलिङ गरे । ५ ओभर बलिङ गरेका बोहराले २ मेडन राख्दै १३ रन खर्चेर १ विकेट लिए । अन्य बलर विकेटविहिन रहे ।

यसअघि सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्न उत्रिएको सुदूरपश्चिमले अत्यन्तै ब्याटिङ गर्यो  । उस्का लागि निश्चल केसीले ४९ रनको महत्वपूर्ण पारी खेलेपनि अन्य ब्याटरहरुले निराशाजनक प्रर्दशन गरे । १२१ बलको सामना गरेका केसीले इनिङ अवधिभर २ चौका मात्र प्रहार गरे ।

उनलाई कुनैपनि ब्याटरले गतिलो साथ दिएनन । अर्जुन बिक ९ बलमा ०,खडक बोहरा २० बलमा ९,किरण ठगुन्ना बलमा ३,सुनिल चन्द ३४ बलमा १६,मिलन बोहरा ५ बलमा ०,शेर मल्ल १६ बलमा २ रन,राहुल भण्डारी २४ बलमा ३ रन ,कप्तान नारायण जोशी २० बलमा १६ रन,हेमन्त धामी र विकास आग्री आठ आठ बलमा समान तीन तीन रन बनाउन पुगे । त्रिभुवन आर्मीका लागि साहब आलमले ४,सोमपाल कामीले २ विकेट लिए । त्यस्तै आकाश चन्द,बसिर अहमद,नरेन साउँद र कुशल मल्लले समान एक एक विकेट लिए ।


उद्घाटन खेलमा कर्णाली प्रदेशसँग पराजित भएको सुदूरपश्चिम दोश्रो खेलमा गण्डकीसँग भने विजयी भएको थियो ।

 

Leave a Reply