You are currently viewing प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्ने बैतडीको टोली घोषणा,को-को छन १४ खेलाडी ?

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्ने बैतडीको टोली घोषणा,को-को छन १४ खेलाडी ?

फाल्गुन ११,धनगढी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ। बैतडी जिल्ला क्रिकेट संघले आइतबार एक सूचना जारी गर्दै बसन्त खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

कप्तानमा बसन्तसंगै टोलीका अन्य सदस्यहरूमा गजेन्द्र बोहरा,खडक बोहरा,दिपक बोहरा,प्रदीप चन्द,लोकेश चन्द, सुमित बुडाल,सचिन भट्ट,भुपेन्द्र चन्द,लोकेन्द्र चन्द,हिक्मत महरा,सुदीप कार्की,उमेश जोशी र सुनिल चन्द रहेका छन्। यस्तै रिसिकेश बोहरा,आयुस चन्द र कमल बुडाल वैकल्पिक खेलाडीका रूपमा छनौट भएका बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो।

८ टोलीको सहभागिता रहेको प्रतियोगिताका खेलहरू प्लेट र एलाइट गरेर दुई चरणमा भइरहेको छ। प्लेट च्याम्पियनसिपका खेलहरू आजदेखि सुरू भएका र फागुन १४ गतेदेखि एलाइट कपका खेलहरू सञ्चालन हुनेछन्। प्रदेश छनोटपछि लुम्बिनी प्रदेशमा आयोजना हुने प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा हुनेछ ।

 

Leave a Reply