फाल्गुन १०,धनगढी : पुरुष क्रिकेट टिमको छनोटका लागि मुख्य आधार मानिने बहुप्रतिक्षित प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताका सबै खेल पहिलो पटक उपत्यका बाहिर हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता लुम्बिनी प्रदेशको तीन वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ र एक्स्ट्राटेक ओभलमा १५ तथा दाङको लमही क्रिकेट मैदानमा १४ खेल हुनेछन् ।क्यानले गत संस्करणका ११ खेल रुपन्देहीको सिद्धार्थ रंगशालामा खेलाएको थियो । यो संस्करणमा भने प्रतियोगिताका सबै खेल उपत्यका बाहिर हुनेछन् ।
सात प्रदेश र तीन विभागीय गरि १० टोलीको सहभागिता रहने प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म हुनेछ । प्रतियोगितामा ४६ खेल हुनेछन् । लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेकमा १५ तथा दाङको लमहीमा १४ खेल हुनेछन् ।प्रतियोगीताको पहिलो दिन कोशीले लुम्बिनी, एपिएफले बागमती र सुदूरपश्चिमले कर्णालीको सामना गर्नेछन् ।
प्रतियोगिताको खेल तालिका यस्तो छ …..