You are currently viewing प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिम बाग्मतीसँग पनि पराजित /@PMCUP2081

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिम बाग्मतीसँग पनि पराजित /@PMCUP2081

चैत्र १,धनगढी : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो जित दर्ता गरेको छ । भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गर्दै वाग्मतीले पहिलो जित दर्ता गरेको हो । २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रनमा समेटियो ।


सुदूरपश्चिमका लागि ओपनर टेक रावतले सर्वाधिक ४५ रन जोडे । कप्तान नारायण जोशीले ३९,राहुल भण्डारीले २६, किरण ठगुन्नाले २१, शेर मल्लदे अविजित १४ र निश्चल क्षेत्रीले १४ रन बनाए । बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले समान चार र प्रतिस जिसीले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६६ रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि शुभ कंसाकारले ६८ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी आशुतोष घिरैयाले १०१ बलमा पाँच चौकाको मद्दतले ५८, इशान पाण्डेले ३६, प्रतिस जिसी र कप्तान पृथु बास्कोटाले समान १५, समुन सुनारले अविजित १२ र विवेक मगरले १० रन बनाए ।

दोस्रो विकेटका लागि शुभ र आशुतोषले १३२ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले समान दुई तथा नारायण जोशी र राहुल भण्डारीले समान एक विकेट लिए । १० टोली सहभागी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा ४ खेल खेलेको सुदूरपश्चिम ३ मा हार र एकमा जीत सहित अंकतालिकाको आठौं नम्बरमा छ । अब फाइनलमा स्थान बनाउन यहाँबाट सुदूरपश्चिमले लगातार जित निकाल्नुपर्नेछ ।

Leave a Reply