पौष २७,धनगढी: प्रधानमन्त्री कप टि(२० महिला राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। प्रतियोगिताका लागि बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।
कप्तानमा बिन्दुसंगै टोलीका अन्य सदस्यहरूमा रितु कनौजिया, कविता कुँवर,शोभा रोकाया,करिश्मा थापा,जानकी थापा, रविना साउँद,चेतना कुँवर,रेवती धामी,मञ्जु विष्ट,मनिषा बोहरा,रबिना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन्।टिम प्रशिक्षकमा निरज चन्द,व्यवस्थापकमा पार्वती बोहरा र फिजियो तथा सहायक प्रशिक्षकमा दिपेन्द्र बोहरा रहेका छन्।

पुस १९ गतेदेखि २५ गतेसम्म बैतडीमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा सञ्चालन भएको बन्द प्रशिक्षणमा राम्रो प्रदर्शनका आधारमा अन्तिम टोली सार्वजनिक गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए । सदूरपश्चिम प्रदेशले उद्घाटन खेल माघ १ गते गण्डकी प्रदेश विरुद्ध खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीको फाप्ला खेल मैदानमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?