You are currently viewing प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : पहिलो दिन सुदूरपश्चिम र एपिएफ विजयी

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : पहिलो दिन सुदूरपश्चिम र एपिएफ विजयी

माघ २,धनगढी :कैलालीको धनगढीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ ।

मंगलबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो । गण्डकीले दिएको ५६ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले ९.५ मा ३ विकेटको क्षतिमा भेट्टाएको हो ।सुदूरपश्चिमकी रेवती धामी २१ रनमा अविजित रहिन् । यस्तै, शोभा रोकाया ४ रनमा अविजित रहँदा मनिषा बोहराले ९, कविता कुँवरले ८ र कप्तान विन्दु रावलले ६ रनको योगदान दिए ।

गण्डकी प्रदेशकी अपेक्षा बुढाथोकी र आकृति तिवारीले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाएर ५५ रनको योगफल तयार पारेको थियो । शीतलहर र हुस्सुका कारण २० ओभरको खेललाई १५ ओभरमा झारिएको थियो ।गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रनको योगदान दिए । यसैगरी, निरुता जीटीले ७ रन जोड्दा श्रीया शाहीले ३ र सलिना सेनले २ रन जोड्दा धन क्षेत्री र अपेक्षा बुढाथोकी समान १ रनमा अविजित रहे ।सुदूरपश्चिमका लागि रेवती धामीले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, जानकी थापा र ऋतु कनौजियाले समान १/१ विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको सुदूरपश्चिम प्रदेशले २ अंक जोडेको छ ।

 

मंगलबार भएको दोश्रो खेलमा विभागीय टोली एपिएफले पनि प्रधानमन्त्री कप टि-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरवात गरेको छ। खेलमा ममता चौधरी र कप्तान इन्दु बर्माको अविजित अर्धशतकीय इनिङ्ससँगै साविक विजेता एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हरायो। एपिएफले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको साबिक उपविजेता कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो। जसमा दिक्षा पुरीले सर्वाधिक १७ रन बनाइन्। रमा बूढाथोकी १० रनमा आउट हुँदा गौरी बोहराले अविजित १० रन बनाइन्। एपिएफकी करूणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन्। । रेखा रावल, सुमन विष्ट र बिनु बूढाको नाममा समान एक विकेट रह्यो।

त्यसअघि धनगढीस्थित फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपिएफले २० ओभरमा एक विकेट गुमाउँदै १८२ रन बनायो। ओपनर राजमती ऐरी २२ रनमा आउट भए पनि ममता र इन्दुले दोस्रो विकेट लागि १५८ रनको विशाल साझेदारी गरे।६६ बलमा १० चौकासहित ममता ७८ रनमा अविजित रहिन्। इन्दुले ३४ बलमा सात चौकासहित ५२ रन बनाइन्। कर्णालीकि दीक्षा पुरीले १ विकेट झारिन्।एपिएफकी ममता चौधरी प्लेयर अफ द म्याच चुनिइन्।

Leave a Reply