माघ १०,धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको सुपर फोरको पहिलो खेलमा विभागिय टोली एपिएफले बाग्मती प्रदेशलाई १० विकेटले पराजित गरेको छ ।
खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा किुनै विकेट नगुमाई पूरा गर्यो । ममता चौधरी २३ तथा राजमती ऐरी १४ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन बनाएको थियो । बागमतीका लागि एली यादव र यशु पाण्डेले सर्वाधिक समान ८ रन बनाए ।
एपीएफका लागि सुमन विष्टले ३ तथा रेखा रावल र बिनु बुढाले २/२ विकेट लिए । कविता जोशीले १ विकेट लिइन् । खेलमा ३ विकेट लिएकी सुमन विष्ट म्यान अफ दी म्याच घोषित भइन ।
पीएम कपको सुपर फोरमा समूह ए बाट एपीएफ र सुदूरपश्चिम तथा समुह बी बाट त्रिभुवन आर्मी, बागमती प्रदेश पुगेका छन् ।