You are currently viewing प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीता : जित्नैपर्ने खेलमा सुदूरपश्चिम र बाग्मती खेल्दै,सुदूरले टस जित्यो

प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीता : जित्नैपर्ने खेलमा सुदूरपश्चिम र बाग्मती खेल्दै,सुदूरले टस जित्यो

माघ ११,धनगढी : धनगढीको फाप्लामा जारी प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको सुपर फोर चरण अन्तरगतको चौथो खेलमा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र बाग्मती खेलिरहेका छन ।

केहिबेर अगाडी भएको टसमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । सुपर फोरको पहिलो खेलमा बाग्मती एपीएफसँग पराजित भयो भने सुदूरपश्चिम आर्मीसँग पराजित भयो । जारी खेलमा बाग्मती विजयी भए सिधै फाइनल प्रवेश गर्नेछ भने यदि सुदूरपश्चिमले जितेको खण्डमा भने सुदूरपश्चि,बाग्मती र आर्मीको रनरेट हेरिनेछ ।

आजै केहिबेर अगाडी सकिएको सुपर फोरको तेश्रो खेलमा विभागिय टोली एपिएफले अर्को विभागिय टोली आर्मीले ६९ रनले पराजित गर्दै ४ अंकका साथ फाइनल पुगिसकेको छ ।

Leave a Reply