You are currently viewing प्रधानमन्त्री कप : वर्षाका कारण गण्डकी र कर्णाली बीचको खेल रद्द,दुवै टोलीले अंक बाँडे /@PMCUP2081

प्रधानमन्त्री कप : वर्षाका कारण गण्डकी र कर्णाली बीचको खेल रद्द,दुवै टोलीले अंक बाँडे /@PMCUP2081

माघ ३,फाप्ला धनगढी :वर्षाका कारण प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज हुने भनिएको पहिलो खेल अवरुद्ध भएको थियो।धनगढीको फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएको कर्णाली र गण्डकी प्रदेशबीचको खेल वर्षाका कारण अवरुद्ध भएको हो ।

बिहान ८स्३० मा टसको समय राखिएकोमा वर्षाकै कारण १० बजे टस भएपनि खेल सुरू नहुँदै पानी परेको थियो । ढिला टस भएर १९ ओभरमा झारिएको खेल पुनः पानी परेपछि सुरू नहुँदै अवरुद्ध भएको छ।गण्डकीले टस जितेर पहिला ब्याटिङ रोजेको छ। लगातार वर्षा भइरहेकोले खेल सुरू हुने सम्भावना न्यून रहेको छ। त्यसैगरी आजै हुने भनिएको एपिएफ र गण्डकी विरुद्धको खेल पनि लगभग नहुने जस्तैछ । मैदानको थुपै भुभागमा पानी जम्मा भएको छ । आउट फिल्डमा पनि पानी जमेको छ ।

माघ १ गतेदेखि सुरू भएको प्रतियोगिता ९ टोलीको सहभागीता रहेको छ। हालसम्म भएका खेलमा ३ खेलमा २ मा जीत र एक खेलमा अंक बाँडेर विभागिय टोली एपिएफ ५ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम लगातार दुई खेल दुइटैमा जीत निकालेर ४ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा छ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता माघ १२ गते सम्पन्न हुनेछ।

Leave a Reply