माघ १०,धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको सुपर फोरको दोश्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले पराजित गरेके छ ।
त्रिभुवन आर्मी क्लबले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमलले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो । जसमा मनिसा बोहराले १८,कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाएपनि अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि बलिङ सुस्मिता भुषालले ३ विकेट हात पारिन्।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११० रन बनायो ।जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन्। आजको हारसँगै सुदूरपश्चिमलाई फाइनल पुग्न अझ कठिन भएको छ ।

आजै सम्पन्न सुपर फोरको पहिलो खेलमा विभागिय टोली एपिएफले बाग्मती प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा बलियो बनाएको छ ।

माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ। राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो प्रतियोगिताको उपाधि जित्नेले ५ लाख, दोस्रो हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/ २५ हजार पुरस्कार दिइनेछ । सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन्। सुदूरपश्चिमका लागि जानकी थापाले २ विकेट हात पारिन्।
