फाप्ला धनगढी,माघ ६ : कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आजदेखि समूह बी का खेलहरू सुरू भएका छन। पहिलो खेलमा बागमती प्रदेशलाई १० रनले हराउदै कोशी प्रदेशले सुखद सुरूवात गरेको छ।
खराब मौसमका कारण खेल १३ ओभरमा छोट्याएको थियो। जितका लागि पाएको ६४ रनको लक्ष्य पछ्याउने क्रममा बाग्मती १२.१ ओभरमा ५३ रनमा अलआउट भयो। जसका सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाएपनि टोलिलाई जिताउन सकेनन् ।
कोशीका लागि कप्तान रूविना क्षेत्री,ज्योती दनुवार र संगिता राईले २/२ विकेट हात पारे।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा ७ विकेटको क्षतिमा ६३ रन बनायो । उसका विमला मलाहाले अविजित १९ र कप्तान रूविना क्षेत्रीले १५ रन जोडिन्। बाग्मतीका लागि मनिशा उपाध्यायले ह्याट्रिकसहित ४ विकेट हात पारिन्। मनिशा जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् । कोशीकी कप्तान रूविना प्लेयर अफ द म्याच चुनिईन्।
समूह ए बाट एपिएफ र सुदूरपश्चिम सुपर फोरमा सुरक्षित भइसकेका छन्। माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा ९ टोलीको सहभागीता रहेको छ।
प्रतियोगिताको उपाधि जित्नेले ५ लाख, दोस्रो हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५र२५ हजार पुरस्कार दिइनेछ ।
