पछिल्लो समय रास्वपाप्रति सरकार पूर्णतया पूर्वाग्रही भएर प्रस्तुत भैइरहेको भन्दै आलोचना भैरहेको छ । सरकारले सबैकाम छाडेर संसदको चौथो दलका पछाडि लाग्नुले सरकार के कुरा र कामलाई महत्व दिइरहेको जनताका आँखामा छारो मात्रै हाल्ने मुल मुद्यामा काम नगरीरहेको आरोप सरकारप्रति लागिरहेको छ ।

यहिबीच बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति पूर्व गृहमन्त्री रबि लामिछानेको नितान्त व्यक्तिगत जिवनसँग जोडेर भद्या टिप्पणी गरेको भन्दै कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक समालोचक तथा सिताराम भट्टले सामाजिक सञ्जालमा कडा शव्दमा प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन । उनने अगाडी लेखेका छन :
प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा उभिएर रास्वपाका सांसदहरूको चरित्र-हत्या गरेको कत्ति सुहाएन ! कसले कति बिहे गर्यो ? कता डिभोर्स गर्यो ? भन्ने नितान्त व्यक्तिगत कुरा हुन् ! यदि गैर-कानूनीरुपमा बिहे गरिएका थिए भने निज-व्यक्तिहरूले आफैं सल्टाउने कुरा हो ! कानूनले हेर्ला नै ! देशको प्रधानमन्त्रीले टिप्पणी गरिरहने विषय होईन त्यो !“…विदेशबाट फर्केका” भन्ने अर्को आक्षेप रहेछ ! विदेशबाट फर्किनु नै अपराध रहेछ त ? स्वदेशमै बसेर, देश खोक्रो बनाएर, जनताको रगत पसीना चुसेर, देशलाई कङ्गाल बनाउने भन्दा त विदेश गएर दुई-चार कुरा सिकेर, दुई-चार पैसा कमाएर स्वदेश फर्किनेहरू हजारौं गुणा असल होईनन् र ?? यदि उहाँले लक्षित गरेका व्यक्तिहरू विदेशकै नागरिकता लिएर नेपाल फर्केका हुन् भने पनि ती विदेशी नागरिकताधारीलाई नेपाल टेलिभिजनमा “जनतासित प्रधानमन्त्री” भन्ने कार्यक्रम चलाउने अनुमति दिने उहाँ नै हो नि ! विदेशी नागरिकताधारीलाई राष्ट्रिय टेलिभिजनमा हुलेर त्यस्तो राष्ट्रघाती काम उहाँले किन गर्नुभो ? तिनै मान्छेको नागरिकता र पासपोर्टको विवाद चल्दै गर्दा दुई-दुई पटक देशको गृहमन्त्री उहाँले नै बनाउनु भएको हो नि ! त्यस्तो देशघाती काम प्रधानमन्त्रीले किन गर्नुभो ? हिजो सत्ताको पार्टनर हुने बेलामा संसदमै उभिएर त्यस्ता मान्छेको बचाऊ किन गर्नुभो ? हिजो कांग्रेसले राजिनामा माग्दा पनि किन बचाऊमा उत्रिनुभो ? विदेशबाट फर्केका त्यस्ता गडबड मान्छेलाई सत्ताको पार्टनर किन बनाउनुभो ? कि त, उहाँको समर्थन गरून्जेल जे पनि, जस्तो पनि सही हुने, अनि उहाँसित असहमति जनाउने जति सबै खराब, देशघाती हुने हो ?
प्रधानमन्त्रीको आजको अभिव्यक्तिबाट दुईटा कुरा प्रष्ट हुन्छ: एक, पछिल्लो राजनीतिक घटनाक्रम र रास्वपाप्रतिको मानिसहरूको सहानुभूतिले वर्तमान सत्ता निकै अत्तालिएको छ ! दुई, सत्ताको होश यसरी गुम भएको छ कि प्रधानमन्त्रीजस्तो व्यक्ति अरू केही नपाएर व्यक्तिको चरित्र-हत्या गर्न उद्यत हुनुभएको छ ! सरकारको अवस्था दयनीय देखियो !देशका सबैभन्दा ठूला दुई दल मिलेर बनेको शक्तिशाली सरकार संसद्को चौथो ठूलो दलसित यति धेरै डराएको र डिफेन्सिभ् भएको मैले कैल्यै देखेको र सुनेको पनि छैन !यो एक रोचक र आश्चर्यजनक परिस्थिति हो !!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?